२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

स्वास्थ्य मन्त्रालयको चिकित्सकको टोली हुम्लामा

७ वैशाख, काठमाडाैँ । हुम्ला जिल्लामा कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले जिल्लामा स्वास्थ्य सामग्रीको अनुगमनसहित सरोकार निकायसँग छलफल गरेको छ । जिल्लामा कोरोना भाइरस फैलिन नदिन जिल्लाले गरेको तयारीबारे अनुगमन तथा छलफल गरेको टोली प्रमुख अनुज भट्टचनले जानकारी दिनुभयो ।

जिल्लामा स्वास्थ्य जाँचका लागि सामग्रीको अभाव भएको हुनाले केही समस्या आउनुभन्दा त्यसको यथाशीघ्र व्यवस्था गरी दिन मन्त्रालयलाई सिफारिश गरिएको डा टसियाङ्गजुक लामाले बताउनुभयो । जिल्लामा अहिलेसम्म कसैलाई एकान्तबासमा राख्न नपरेको बताउँदै उहाँले निगरानीमा रहेकाहरुको तथ्याङ्ग सार्वजनिक गरिने जानकारी दिनुभयो । आगामी दिनमा भैपरी आउने समस्या सकेसम्म समाधान गर्ने सकिने विश्वास रहेको डा लामाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा मन्त्रालयबाट आएको दुई जनाको टोली र जिल्लाका सरोकार पक्षबीच कोरोनाको रोकथाम सम्बन्धमा सकारात्मक छलफल भएको प्रजिअ विनिता भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : April 19, 2020 at 9:22 am