प्रधानमन्त्रीको निर्देशनपछि बाटोमा अलपत्र सबै ठाउँका मजदुरहरूको उद्धार (भिडियोसहित)
-श्रीहरि थापा
६ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीले शुक्रबार दिएको निर्देशन बमोजिम शनिबार विभिन्न स्थानमा अलपत्र मजदुरको उद्धार भएको छ । पछिल्लो पटक शनिबार साँझ काठमाडाैँ चन्द्रागिरी नगरपालिका स्थित थानकोट पार्कमा रहेका विभिन्न जिल्ला जान हिडेका मजदुरको उद्धार गरिएको छ । उनीहरूलाइ स्थानीय र प्रदेश सरकारको समन्वय तथा प्रशासनको सहकार्यमा गन्तव्यमा पठाइएको हो ।
उनीहरूको उद्धारपछिको विदाइमा काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि, नेकपाका स्थानीय नेताहरूले सहभागिता जनाएका थिए । उनीहरूलाइ ८ वटा बसमा पठाइएको छ । बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेतका लागि मजदुरहरू बसमा हिडेका छन । 

प्रकाशित मिति : 23:50









