उदपुरबाट संकलन गरिएको अर्को नमुनामा पनि कोरोना पोजेटिभ, ६५ वर्षीय पुरूष रहेको पुष्टि
६ वैशाख, काठमाडाैँ । उदपुरबाट संकलन गरिएको अर्को नमुनामा पनि कोरोना पोजेटिभ पइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेज मार्फत उदयपुरबाट कोशी अस्पतालमा ल्याएका १६ जना पुरूष मध्येका एक जना ६५ वर्षीय पुरूषमा कोरोना पोजेटिभ पाइएको जनाएको छ ।

यसअघि हिजो एकै दिन १४ जना कोरोना संक्रमित पुष्टि भएको थियो । जसमध्ये उदयपुरको नुरी मस्जिदमा बसिरहेका १२ व्यक्ति रहेका थिए । अाज कोरोना पुष्टि भएका व्यक्ति पनि १६ जनाको उनीहरूको ग्रुप मध्येको रहेको जनाइएको छ । उनीहरू सबै भारतीय नागरिक रहेको बुझिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । अहिले सम्म तीन जना निको भएर घर गैसकेका छन भने २८ जना उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका छन ।
प्रकाशित मिति : April 18, 2020 at 9:07 pm





