२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

बागलुङकी ६५ वर्षीया वृद्धा १७ दिनपछि कोरानालाई जितेर नमस्कार गर्दै घर फर्किइन

६ वैशाख, बागलुङ । नेपालकी छैटौँ कोरोना सङ्क्रमित ६५ वर्षीया महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अस्पताल १७ दिनपछि भर्खरै घर पठाएको छ ।

धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र वि पोखरेलले उहाँ गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आउनुभएको थियो । उहाँलाई चैत १७ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार गरिएको छ । उहाँ शनिबार दुइ हात जोडेर नमस्कार गर्दै घर फर्किएकी हुन ।

प्रकाशित मिति : April 18, 2020 at 8:24 pm