१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

प्रधानमन्त्री ओलीको निर्देशनपछि राजमार्गमा अलपत्र यात्रुको उद्धार, गन्तव्यतर्फ पठाइयो

६ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको निर्देशनपछि बाटोमा अलपत्र परेका यात्रुहहरूलाई प्रहरीले गन्तव्यमा पुर्याउने व्यवस्था मिलाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि शनिबार नै प्रदेश र स्थानीय सरकारहरूको समन्वयमा अलपत्रहरूको उद्धारको काम भएको छ ।

प्रहरीले स्थानीय सरकारहरूको समन्वयमा मकवानपुरको कुलेखानी, पालुङ र भीमफेदी, धादिङको गजुरी र खानीखोला, चितवनको रामनगर र मुग्लिङ लगायत ठाउँमा अपलत्र परेका यात्रुको उद्धारको काम भएको छ । नेपालमै पहिलो पटक खाद्य बैंकको अवधारणा कार्यान्वयन गरिरहेको गजुरी गाउँपालिकाकी उपप्रमुख सीता ढुंगानाले प्रहरीसँग समन्वय गरेर अलपत्र परेकाहरूको उद्धार गरिएको पुष्टि गर्नुभयो ।

चितवनको रामनगरमा सामूहिक मेसमा खाना खुवाएपछि अलपत्र परेका मजदुरहरूलाई ट्रकमा चढाएर बुटवलतर्फ पठाइएको इलाका प्रहरी कार्यालय खानीखोला धादिङका प्रहरी निरीक्षक रूपबहादुर खड्काले जानकरी दिनुभयाे । घर फर्किने क्रममा अलपत्र परेका मजदुर र विपन्न नागरिकलाई प्रधानमन्त्रीको निर्देशनसँगै स्थानीय सरकार र प्रशासनको सहयोगमा प्रहरीले गन्त्व्यतर्फ पठाएको हो ।

यो पनि पढ्नुहोस्

-घर जान चाहनेलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउन प्रधानमन्त्री ओलीकाे निर्देशन

प्रकाशित मिति : 19:47