एकै दिन १४ जनामा कोरोना पोजेटिभ, उदयपुरमा १२ र चितवनमा २ जना कोरोना संक्रमित भेटिए
५ वैशाख, काठमाडाैँ । एकै दिन १४ जना कोरोना संक्रमित पुष्टि भएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले केहीबेर अघि सकेको परीक्षणमा १४ जनामा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि गरेको छ । कोरोना संक्रमण भएका १४ जना मध्ये सबै १४ जना नै पुरूष रहेका छन । उदयपुरका १२ जना मध्ये सबै नुरी मस्जिदमा बसिरहेका व्यक्ति हुन । उनीहरूमध्ये ८ जना भारतीय नागरिक हुन् ।

याे सँगै नेपाला काेराेना संक्रमितकाे संख्या ३० पुगेकाे छ । उदयपुर जिल्लामा संक्रमित १२ मध्ये ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय पुरूष रहेका छन् भने चितवनका २ जनामध्ये २७ वर्षिय पुरूष तथा ६३ बर्षिया महिला भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : April 17, 2020 at 7:30 pm





