२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

ईमेज टेलिभिजनकी पत्रकार गृष्मा राजभण्डारी कार्यालयमै कुटिइन, टिचिङ अस्पतालमा उपचार हुँदै

५ वैशाख, काठमाडाैँ । इमेज टेलिभिजनकी प्रस्तोता संयोजक गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुटपिट भएको छ । सहकर्मीले राजभण्डारीमाथि कुटपिट गरेको र कुटपिटमा संलग्न सुसन रामदामलाइ प्रहरीको जिम्म लगाइएको टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईले बताएका छन ।

शुक्रबार दिउँसो प्रस्तोता संयोजक राजभण्डारीलसँग कामको सम्बन्धमा विवाद हुँदा अर्का प्रस्तोता सुसन रामदामले कुटपिट गरेको बुझिएको छ । गृष्माले प्रहरीसँग काम गर्न लगाएको विषयलाई लिएर सुसनले कुर्सीले हानेको बताएकी छिन । कुर्सीले लागेर घाइते भएकी गृष्माको अहिले त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा उपचार हुँदैछ । प्रहरीले कुटपिटमा सलंग्न सुसनलाइ नियन्णमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : April 17, 2020 at 6:44 pm