आरडिटि परिक्षण रिपाेर्ट पाेजेटिभ देखिएका हेटौंडाका ४ जनाकै काेराेना रिपोर्ट नेगेटिभ
५ वैशाख, हेटाैँडा । हेटौँडा उपमहानगरपालिका-४ मा भएको र्यापिड डाइग्नोस्टिक (आरडिटि) परिक्षण रिपाेर्ट पोजेटिभ आएका ४ जनाको स्वाब परीक्षणको रिपोर्ट आज आएको छ। तीनजना पुरुष र एकजना महिला पिसिआर टेस्ट भने नेगेटिभ आएको हो।

आरडिटि टेष्टमा पोजेटिभ देखिएकी महिला भारतकी हुन्। उनी हेटौँडा ४ मा आफन्तको घरमा आएकी थिइन्। अर्का ६७ वर्षका पुरुष हेटौँडा २ का हुन। उनको उमेर ६७ वर्षको छ। उनी भारत गएर फर्किएका थिए।
प्रकाशित मिति : April 17, 2020 at 1:48 pm




