५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड क्रिकेटर सन्दिप लामिछानेलार्इ

३ जेठ, काठमाडौँ ।  वर्षको उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर सन्दिप लामिछाने घोषित बनेका छन् । खेलकुद पत्रकार मञ्चले अायोजना गरेको  पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै लामिछानले अवार्ड कब्जा गरेका हुन ।

उनीसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल उत्कृष्ट युवा खेलाडीको मनोनयनमा थिए । सन्दिप अहिले आईपीएल खेल्न भारतमा रहेका छन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १६:२५