१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

घर जान हिडेँका प्रदेश ५ आइपुगेका नागरिकलाई क्वारेन्टाइनमा निःशुल्क खाने बस्ने व्यवस्था

५ वैशाख, वुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले घर जान हिडेँका प्रदेश ५ को सडकमा पुगेका नागरिकलाई क्वारेन्टाइनमा गएर बसीदिन अनुरोध गर्नुभएको छ । शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत अपिल गर्दै मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइनमा सबेर सहयोग गरिदिन अनुरोध गर्नुभएको हो । उहाँले लेख्नु भएको छ ‘घरजान भनेर प्रदेश ५ भित्र आइपुग्नु भएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला। त्यहाँ खानेवस्ने व्यवस्था छ ।’

प्रकाशित मिति : 10:03