११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

निजी स्कुल र कलेजले चैत्र र बैशाखको शुल्क लिए प्रतिकार गर्छाैः नेता शाही

४ वैशाख, काठमाडाैँ । नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पुष्पकुमार शाहीले गलत सोच राखेर गौँडा ढुकेर बसेका शिकारी झैँ पीडामा परेका जनतामाथि दोहन गर्न खोज्ने माथि प्रतिकार गर्ने चेतावनी दिएका छन । बिहीबार सामाजिक सञ्जाल मार्फत शाहीले भनेका छन ‘कोरोना भाइरसको संक्रमणबाट विश्व नै ग्रसितत बन्दै जाँदा नेपाल पनि यसबाट अछुतो नरहेपछि सरकार, प्रतिपक्षी दललगायत समाजका सबै वर्ग यसको रोकथामा लागेको मौका पारेर सरकारमै भएका केही व्यक्ति, व्यपारी र विभिन्न क्षेत्रका गलत सोच भएकाहरु भने गौँडा ढुकेर बसेका शिकारी झैँ पीडामा परेका जनतामाथि दोहन गर्न लागेका छन तीनको प्रतिकार गर्ने समय अाएको छ ।’

सरकारले घरबेटीलाई एक महिनाको भाडा नलिन, विद्युत महशुल नलिन निर्णय गरेका बेला केही निजी स्कुल र कलेज भने विभिन्न बहाना बनाएर विद्यार्थीबाट चर्को शुल्क असुलिरहेकोप्रति उनले आपत्ति जनाए । यस्तो बिषम परिस्थितिमा चैत्र र बैशाख महिनाको शुल्क नलिन नेपाल विद्यार्थी संघले जोडदार माग गरेको भए पनि विभिन्न बहानामा ब्रह्मलूट गर्ने थुप्रै विद्यालय र कलेजहरुको सूची आफूहरुकहाँ तयार भएको पनि उनले उल्लेख गरेका छन ।

रातो बंगला, यूलेन्स, जोन डिवी, काठमाडौ वल्ड, संस्कृत, काष्ठमण्डप, स्वस्ती श्रीलगायतलगायतका थुप्रै स्कूलले अनलाइन पढाएको नाटक मञ्चन गरेर अभिभावकबाट शुल्क असुली गरिसकेको उनले सामाजिक सञ्जालमार्फत जनाएका छन ।

महामारीको बेला यस्तो गलत असुली गर्नेहरुको गलत कर्म प्रमाणसहित नेवि संघले प्राप्त गरेको भन्दै उनले लिइएको शुल्क फिर्ता गर्न र असुली गर्न बन्द आग्रह गरेका छन । शुल्क फिर्ता नगर्ने र असुल नरोक्ने विद्यालयका विरुद्ध नेविसंघले कडा प्रतिकार गर्ने चेतावनी दिँदै भनेका छन, ‘संकटको घडीमा दान, सेवा गर्नको सट्टा उल्टै नेपाल आमामाथि गिद्दे नजर लगाउने दुश्प्रयास गर्नेलाई चेतावनी दिन चाहन्छौँ कि लकडाउनपश्चात विद्यार्थी संगठनको प्रतिकारबाट कसैले पनि बचाउन सक्ने छैन।’

प्रकाशित मिति : April 16, 2020 at 8:28 pm