२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बागलुङकी ६५ वर्षिया कोरोना संक्रमित महिलाको तेस्रो परीक्षण रिपाेर्ट नेगेटिभ

४ वैशाख, काठमाडाैँ । चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी बाग्लुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षण रिपाेर्टमा कोरोना नेगेटिभ देखिएको छ।

धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमितमध्ये पुनः परीक्षण गरिएकाहरूको नेगेटिभ आएको यो पहिलो घटना हो।यसअघि गरिएको दोस्रो परीक्षणमा यी महिलाको नतिजा पोजेटिभ आएको थियो।

उनकाे अर्को परीक्षणको लागि स्वाब पठाउने तयारी भइरहेको छ। अर्को नतिजा पनि नेगेटिभ आए महिलालाई डिस्चार्ज गर्ने अस्पतालको तयारी रहेकाे छ। ती महिलासँगै अस्पतालमा रहेकी १९ वर्षीय अर्की युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ। उनीहरू दुबैजना बेल्जियमबाट सँगै आएका थिए।

युवतीमा पहिले कोरोना संक्रमण देखिएपछि उनीसँगै आएकी महिलामा पनि पछि संक्रमण देखिएको थियाे।

प्रकाशित मिति : April 16, 2020 at 6:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/