२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

इटालीबाट फर्केकी बुढानिलकण्ठकी ३१ वर्षीया महिलामा देखियो एन्टिबडी पोजेटिभ

४ वैशाख, काठमाडाैँ । इटालीबाट फर्केकी बुढानिलकण्ठ-९ की ३१ वर्षीया महिलामा र्‍यापिड टेस्ट गर्दा एन्टिबडी रिपाेर्ट पोजेटिभ देखिएको छ।  २८ दिन अगाडि इटालीबाट नेपाल आएकी ती महिलाकाे बुधबार र्‍यापिड टेस्ट गर्दा एन्टिबडी रिपाेर्ट पोजेटिभ देखिएको हाे ।

उनलाई टेकु अस्पताल भर्ना गरिएको छ। ‘र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि टेकु पठाइएकाे मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए।

ती महिलाले इटालीबाट आएपछि सुरूमा सेल्फ क्वारेन्टाइनमै बसेको बताएकी छिन्। उनि बुधबार नगरपालिकाले सञ्चालन गरेको र्‍यापिड टेस्ट शिविरमा जाँच गराउन पुगेकी थिइन्।

प्रकाशित मिति : April 16, 2020 at 12:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/