२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सुर्खेतको कोरोना रोकथाम तथा उपचार कोषमा निजी क्षेत्रद्धारा ५ लाख सहयोग

४ वैशाख, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा निजी क्षेत्रबाट रु पाँच लाख एक हजार २१५ सहयोग सङ्कलन भएको छ । नगर क्षेत्रभित्र सञ्चालित विभिन्न बैंक, वित्तीय संस्था, सहकारी, सामुदायिक वन, उद्योगी, व्यवसायीलाई नगरपालिकाले एकद्वार प्रणालीबाट कोषमा नगद तथा जिन्सी दाखिला गर्न अपिल गरेको थियो ।

नगरपालिकाका अनुसार कोषमा इसाई समाज सुर्खेतले रु दुई लाख १० हजार ५००, प्रभु बैंकले रु एक लाख ५० हजार, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) ले रु एक लाख, करैखोला सहकारी संस्थाले रु २५ हजार ५२५, कृषि तरकारी समूह वीरेन्द्रनगर–११ ले रु १० हजार १९० र वीरेन्द्रनगर–८ निवासी आरन व्यवसायी उदिराम चुनाराले रु पाँच हजार सहयोग गरेका छन् ।

प्रकाशित मिति : April 16, 2020 at 11:39 am