पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी महासंघद्धारा काेराेना कोषमा १० लाख सहयोग
३ वैशाख, काठमाडाैँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा रु पाँच/पाँच लाख सहयोग गरेका छन् ।

उक्त सहयोग रकम आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको एशोसिएशनले जनाएको छ । एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले राष्ट्रिय विपत्तिका समयमा नेपाल सरकारलाई सहयोग गर्ने कर्तव्य र दायित्वलाई निरन्तरता दिँदै सहयोग गरिएको स्पष्ट गर्नुभयो ।
प्रकाशित मिति : April 15, 2020 at 6:20 pm





