आरडीटी परीक्षण रिपाेर्ट पोजिटिभ देखिएका गोरखाका युवाको स्वाब परीक्षण रिपाेर्ट नेगेटिभ
३ वैशाख, काठमाडाैँ । र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा रिपाेर्ट पोजिटिभ देखिएका गोरखा आरुघाटका युवाको स्वाब परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएको छ ।

बुधबार पोखरा स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आरुघाट–५ का ३१ वर्षीय युवकको कोरोना रिपाेर्ट नेगेटिभ आएकाे हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोदबिन्दु शर्माले उनमा कोरोना संक्रमण नभेटिएको बताए ।
बहराइनबाट फागुन २३ मा आएका ती युवाकाे मंगलबार आरुघाटमा गरिएको आरडिटीमा पोजिटिभ देखिएको थियो ।
प्रकाशित मिति : April 15, 2020 at 4:45 pm





