२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सनसिटी अपार्टमेन्टकाे ‘ब्लक ए’ मा बस्ने २ सय ४२ जनाकै र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

३ वैशाख, काठमाडौँ । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जना कोरोना संक्रमितको घरमा काम गर्ने २ जना कामदारसहित ‘ब्लक ए’ मा बस्ने सबैको र्‍यापिड टेस्टको रिपाेर्ट नेगेटिभ आएकाे छ। बुधबार बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्‍यापिड टेस्टको रिपाेर्ट नेगेटिभ आएको हो।

काेराेना संक्रमितका घरमा काम गर्ने दुई जना कामदारको  पिसिआर परीक्षणको लागि स्वाब पनि लिइएको छ। गत चैत ५ गते बेलायतबाट आएका एकै परिवारका आमा र छोरालाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्टमा रहेकाको आजबाट र्‍यापिड टेस्ट शुरू गरिएको हो। संक्रमित २ जना पाटन अस्पतालको आइसोलेसनमा छन्। संक्रमित सँगै रहेकी महिलाकाे भने रिपाेर्ट  आउन बाकीँ छ । उनि पनि अस्पतालमै छिन् ।

प्रकाशित मिति : April 15, 2020 at 2:03 pm