२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

डोटीमा कार दुर्घटना, ६ जना घाइते

३ वैशाख, डाेटी । डोटीको जोरायल गाउँपालिका-१ घण्टेश्वरको घोरडीमा बुधबार बिहान गाडी (कार) दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।डडेल्धुराबाट धनगढीतर्फ गइरहेको से१च २३८८ नम्बारकाे कार भीमदत्त राजमार्ग अन्तरगतकाे घाेरडीमा दुर्घटनामा परेको हाे । कार सडकबाट झण्डै पाँच सय मिटर तल खसेको प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा कारमा सवार गरिरहेका चालकसहित ६ जना सबै घाइते भएका छन् । घाइते हुनेमा चालक मानबहादुर थापा, डडेल्धुराका रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेका छन् । एलिजा थापा र मान्धरी थापाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उद्धार गरी उपचारका लागि कैलाली अत्तरियाकाे पद्मा अस्पताल पठाइएकाे छ ।

प्रकाशित मिति : April 15, 2020 at 12:00 pm