२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

राप्ती नदीमा हामफालेर १ जनाको मृत्यु

३ बैशाख, चितवन । राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका छन् ।


घरायसी झगडाका कारण नेपाली मङ्गलबार साँझ राप्ती नदीमा हामफालेको प्रहरीले जनाएको छ । नेपालीको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : April 15, 2020 at 11:41 am