सनसिटी अपार्टमेन्टमा काेराेना परिक्षण सुरू
३ वैशाख, काठमाडौँ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरसकाे परीक्षण सुरु भएको छ । र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट उनिहरूकाे परीक्षण सुरु गरिएकाे हाे ।
अपार्टमेन्टमा बस्दै आएका एकै परिवारको ३ जनामा आरडिटीबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि अहिले त्यहाँ सिल गरिएको छ । मंगलबार एक महिला र एक पुरुषमा पीसीआरबाट कोरोना संक्रमण पुष्टि भएको थियो ।

सनसिटी अपार्टमेन्टमा रहेका २४२ जनाको परीक्षण आज गर्न लागिएको हो । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।
८ चैतमा भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले पनि मतदान गरेकाले पाँच वटै ब्लकका बस्नेहरूको परीक्षण गर्न लागिएको हो ।
प्रकाशित मिति : April 15, 2020 at 12:14 pm





