फेसबुकमा कोरोना संक्रमितबारे अफवाह फैलाउने पत्रकार गाैतम पक्राउ, १० दिन थुनाम रहने
२ वैशाख, काठमाडाैँ । प्रहरीले सामाजिक सञ्जाल फेसबुकबाट अफवाह फैलाएको आरोपमा मकवानपुरको हेटौैँडाबाट पत्रकार रवीन्द्र गौतमलाई पक्राउ गरेको छ । प्रहरी कार्यालय सिमराको टोलीले गौतमलाई हेटाैँडाबाट पक्राउ गरेको हो । उनलाइ मंगलबार नै जिल्ला अदालत बाराले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गाैतमलाइ हेटौंडा उपमहानगरपालिका वडा नं ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रवीन्द्रले भ्रामक खबर फैलाएर सामाजिक शान्ति सुव्यवस्थामा खलल पु¥याएको दाबी प्रहरीले गरेको छ । उनले जितपुर सिमरा उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमित भेटिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाएका कारण नियन्त्रणमा लिएको डीएसपी गोविन्द पुरीले बताए । हेटौंडाको सरोवर एफएममा कार्यरत गौतमले बागमती खबर अनलाइन समेत सञ्चालन गर्दै आएका छन् ।
प्रकाशित मिति : April 14, 2020 at 5:57 pm





