२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

दाङमा कोरोना सङ्क्रमित भेटिए भन्दै अफवाह फैलाउने एक जना पक्राउ

२ वैशाख, तुलसीपुर । कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले उनलाई पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बिर ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : April 14, 2020 at 5:02 pm