कालोबजारी गरेकाे आरोपमा पक्राउ परेका अग्रवाललाई थप ५ दिन थुनामा राख्न अनुमति
२ वैशाख, काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले कालोबजारी गरेकाे आरोपमा पक्राउ परेका जगदम्बा समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

३ देखि ५ हजार पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजारमा बेचेकाे पाइएपछि उनलाई प्रहरीले उनलाई काठमाडौँको नक्शालबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो । त्यसमा जिल्ला प्रशासन कार्यालयले ५ दिनको समय दिएको हाे।
यसअघि प्रशासन कार्यालयले दिएको ७ दिनको समय आज सकिएको छ ।
प्रकाशित मिति : April 14, 2020 at 4:06 pm





