वैशाख १५ गतेसम्म लकडाउनलाई निरन्तरता दिने मन्त्रिपरिषद्को निर्णय
२ वैशाख, काठमाडाैँ । सरकारले वैशाख १५ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले पनि चैत ११ बाट लकडाउन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : April 14, 2020 at 3:15 pm









