२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सिरहामा प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने १२ जना पक्राउ

२ वैशाख, लहान । प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कोविड –१९) को जोखिम हुन नदिन सरकारले जारी राखेकोे बन्दाबन्दी(लकडाउन)को उल्लङघन गरी हिडडुल गरिरहेका स्थानीयलाई सम्झाउन पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीमाथि सिरहा नगरपालिका १७ पटेर्वाका स्थानीयले ढुङ्गामुढा गर्न थालेपछि गएराती प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

प्रतिकात्मक तस्बिर ।

सो क्रममा ढुङ्गा लागेर चार जना प्रहरी घाइते भएको थिए । प्रहरीले स्थितिलाई नियन्त्रण लिन १२ जना स्थानीयलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालमा राखेर कानुनी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : April 14, 2020 at 3:07 pm