२५ जेष्ठ २०८३, सोमबार | Tue Jun 9 2026

फौजदारी अभियोग लागे सांसद पद स्वतः निलम्बनः राप्रपा

३ जेठ, काठमाडाैँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फौजदारी अभियोग लागेमा सांसदको पद स्वतः निलम्बन हुने कानूनी व्यवस्थाको पक्षमा रहने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भुवन पाठकले आज जानकारी दिएका छन ।

यही जेठ ७ गतेदेखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुहुने राजनीतिक कार्यपत्र, महामन्त्री राजेन्द्र लिङ्देनले प्रस्तुत गर्नुहुने संगठनात्मक सुदृढीकरण कार्ययोजना, प्रवक्ता पाठकले प्रस्तुत गर्नुहुने प्रशिक्षणसम्बन्धी कार्ययोजना, केन्द्रीय सदस्य गोविन्द खनियाँले प्रस्तुत गर्नुहुने विधान संशोधनसम्बन्धी प्रस्ताव र केन्द्रीय सदस्य डा विष्णु भण्डारीले प्रस्तुत गर्नुहुने निर्वाचन परिणाम समीक्षासम्बन्धी प्रतिवेदनलाई परिमार्जनसहित पारित गरिएको छ । ती प्रतिवेदन वीरगञ्जमा हुने बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : May 17, 2018 at 12:16 pm