१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी, लकडाउन लम्ब्याउने तयारी

२ वैशाख, काठमाडाैँ । मन्त्रिपरिषद् बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकले बन्दाबन्दी (लकडाउन) कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ।

मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ । विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो त्यस पछि दुई पटक थपिएको लकडाउनको समय भोलि सकिन लागेकाे छ। हिजो मात्रै नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

यसैबीच तीव्रगतिमा कोरोना फैलिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ वैशाख अर्थात मे ३ तारिखसम्मलाई लकडाउन लम्ब्याउने घोषणा गरेका छन्। भारतसँग खुल्ला सिमाना भएको नेपालमा पनि अझै उच्च सतर्कता बढाउन लकडाउन थप्‍न लागिएको हो।

प्रकाशित मिति : 11:51