नया वर्षकाे अवसरमा पूर्वप्रधानमन्त्री खनालकाे सन्देशः कोरोनाकाे सङ्क्रमणबाट जोगिन घरभित्रै बसाैँ
३० चैत, काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नया वर्ष २०७७ सालको सुखद उपलक्षमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति तथा प्रगतिको कामना गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री खनालले एक सन्देश जारी गर्दै विश्वव्यापी महामारीको रूपमा फैलिँदै गरेको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन केहि दिन घरभित्रै बस्न र नियन्त्रणका लागि नेपाल सरकार एवं विश्व स्वास्थ्य संगठनका निर्णयको पालना गर्न समेत आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : 16:35









