२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सप्तरीमा मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि

३० चैत, काठमाडौँ । सप्तरीमा मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि भएको छ । धार्मिकसभामा भाग लिन आएका तर स्वदेश फर्कन नपाएर पर्साको वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना पुष्टि भए लगत्तै उनीहरूलाइ नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । भारतबाट धार्मिक सभामा सहभागी हुन आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । हेटौँडामाको प्रयोगशालामा तीन जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

तीनै जनाको रिपोर्ट पुनः केन्द्रीय प्रयोशला पठाएकोमा हिजो राति तीनै जना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण पुष्टि भएका भारतीय नागरिक एक जना दिल्लीको र दुइ जना उत्तरप्रदेशका रहेका छन । उनीहरू लकडाउनका कारण भारत फर्कन नपाएर वीरगञ्जको मस्जिदमा बस्दै आएका छन ।

 

प्रकाशित मिति : April 12, 2020 at 11:03 am