२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

लकडाउन तोडेर चर्च सञ्चालन गर्ने तीन जना पास्टर मकवानपुरबाट पक्राउ

२९ चैत, काठमाडाैँ । प्रहरीले लकडाउन तोडेर चर्च सञ्चालन गर्ने तीन जना पास्टलाइ पक्राउ गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड-१९)को रोकथाम र नियन्त्रणका लागि सबैभन्दा उत्तम विकल्पको रूपमा अघि सारेको लकडाउन तोड्दै शनिबारको दिन चर्च सञ्चालन गर्ने तीन जना पास्टर मकवानपुरबाट पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय मनहरी । तस्बिरः मनहरीलाइभबाट साभार

प्रहरीले मकवानपुरको मनहरी गाउँपालिकाका ३ जना पास्टरहरुलाई पक्राउ गरेको र आगामी दिनमा लक डाउन पूर्ण रुपमा कार्यान्वयन गराउने सर्तनामा छाडिएको  मनहरीलाइभले जनाएको छ । पक्राउ परेका पास्टरहरु मनहरी र सिमपानीतर्फका रहेका छन ।

सरकारले लक डाउनको पूर्ण कार्यान्वयन गर्नका लागि आम नागरिकलाई भीडभाड हुने ठाउँमा नजाने, घरमै बस्ने निर्देशन जारी गरेपनि अटेर गरी चर्च सञ्चालन गरिरहेकाले पक्राउ गरी सचेत पारिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताएका छन ।

प्रकाशित मिति : April 11, 2020 at 8:02 pm