१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

सर्वदलीय संयन्त्रको रटान भित्रको गोप्य कुरा, नक्कली लोकप्रियता खोज्दै बाबुराम र रविन्द्र !

२९ चैत, काठमाडाैँ । राजनीतिक विश्लेषक गुरू भट्टराईले सर्वदलीय संयन्त्र रटान भित्रको गोप्य कुरा भन्दै तीन बुँदा सार्वजनिक गरेका छन ।समसामयिक विषयमा तिखो टिप्पणी गर्ने भट्टराईले जनताको बीचमा नक्कली लोकिप्रयता बाँड्न पल्किएकाहरूको स्वार्थमा संयन्त्रको सन्दर्भ बाहिर आएको हुनुपर्ने ठहर गरेका छन ।

समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराइ साझा पार्टीका नेता रविन्द्र मिश्र ।

भट्टराईले यस्तो लेखेका छन

सर्वदलीय संयन्त्रको रटान भित्रको गोप्य कुरो:

१. कोरोना नियन्त्रण गर्न सरकार सफल भयो भने सरकारले प्रशंशा पाउछ (अहिले सम्मको स्थिति हेर्दा नेपाल मोडल असफल हुने कुनै सम्भावना छैन) आफू राजनीतिक रुपले पछाडि परिन्छ भन्ने हो।

२. यत्रो बिपत्तिको बेला पनि आफूले प्रत्यक्ष रुपमा भूमिका (राजनीतिक??) नपाएकाले जनतामा पुग्ने एउटा राम्रो अवसर गुम्ने भो भन्ने चिन्ता हो।

३. देशको सरकार आफैँ केही गर्न सक्ने हालतमा रहेन, सरकार असफल भएको सन्देश जनतामा प्रवाह गर्न पाईन्छ भन्ने हो। हामीले साथ नदिएको भये कोरोना नियन्त्रण हुने थिएन भन्ने म्यासेज फैलाउन हो। यो सबै भन्दा धेर बाउराम र रबिन्द्र मिश्रलाई चाहिएको छ जो जनतामा नक्कली लोकप्रियाताको भोको छन ।

यस बाहेक यो सर्बदलिय सम्यन्त्रको कुनै औचित्य छैन। कोरोना महामारिले तहस नहस भएका मुलुकमा समेत एस्तो प्रयाक्टिस कही कतै भएका छैनन।

यस्तो बेलामा राज्य सम्यन्त्रलाई उसले बनाएको योजनामा आफ्नो ठाउबाट साथ र सहयोग गर्ने हो। मैदानमा काम गर्ने भनेको राज्यका अङग तथा बिभिन्न तहमा रहेका सरकारहरुले हो। केन्द्रमा पार्टीका नेताहरुको हुलको सम्यन्त्रले गर्ने के हो? त्यस्तो सम्यन्त्रले सुझावको नाममा प्रमलाई दिएको सुझावका बुँदा हेर्दा थाहा हुन्छ। सरकार जे गर्दैछ, त्यही गर्नु पर्‍यो भनेर दोहोर्याउने बाहेक के छन त्यहा नयाँ  ?

राजनीतिक विश्लेषक गुरू भट्टराइ ।

प्रकाशित मिति : 08:47