रूखबाट लडेर गम्भीर घाइते भएका १८ वर्यीय युवाको नेपाली सेनाद्धारा उद्धार (फोटोफिचर)
२८ चैत, बाग्लुङ । बाग्लुङमा नेपाली सेनाले एक जना युवाको उद्धार गरेको छ । बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर ५ का नरबहादुर विकका १८ वर्यीय छोरा चन्द्रलालको गम्भीर घाइते अवस्थामा उद्धार गरेर बुर्तिवाङ्ग स्वास्थ्य केन्द्रमा लगिएको गुल्मपति केशरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

निसिल्ढोर जंगलमा घाँस काट्न गएका बिक रूखबाट लडेर क्ममर र टाउकोमा गम्भीर चोट लागेको र सेनाले जानकारी पाएपछि तत्कालै उद्धार गरेर स्वास्थ केन्द्र पुर्याइएको बुढाथोकीले बताउनुभयो । सहायक गुल्मपति नरेश अर्यालको कमाण्डको टोलीले बा १ झ १०९६ नम्बरको जिपमा उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो ।

प्रकाशित मिति : April 10, 2020 at 9:25 pm





