२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कोरोना संक्रमित १९ वर्षीया अंशुलाई मुख्यमन्त्री गुरुङको फोन, नआत्तिन आग्रह (भिडियाेसहित)

२७ चैत, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना भाइरसबाट संक्रिमत युवतीसँग फोन वार्ता गरेका छन्। धौलागिरी अस्पतालमा उपचाररत् कोरोना भाइरस संक्रमित बागलुङकी नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटासँग मुख्यमन्त्री गुरुङले आज टेलिफोनमा कुराकानी गरेका हुन्।

 

गुरुङले किशोरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। अंशुले मुख्यमन्त्रीसँग आफ्नो स्वास्थ्य ठिकै रहेको बताएकी छन्। आफ्नो चिकित्सकसँग नियमित सम्पर्क भइरहेको भन्दै मुख्यमन्त्री गुरुङले नआत्तिन भनेका छन्।

भिडियाे साैजन्यः मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्याेपाने

प्रकाशित मिति : April 9, 2020 at 12:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/