२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोग

२६ चैत, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य सङ्घमार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई पाँच/पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।  महासङ्घका अध्यक्ष भवानी राणाको अध्यक्षतामा हिजो बसेको पदाधिकारी बैठकले देशभर रहेका एक सयभन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य सङ्घलाई प्रत्येकलाई पाँच/पाँच हजारका दरले सो रकम उपलब्ध गराउने निर्णय भएको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

देशका जिल्ला तथा नगर सङ्घमार्फत स्थानीय स्तरमा खाद्यान्न, मास्कलगायतको सहयोग उपलब्ध गराउन थोरै भए पनि सहयोग पुगोस् भनेर रकम पठाउने निर्णय गरिएको ढकालले बताउनुभयो । यसैगरी महासङ्घले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा रु पाँच लाख सहयोग गरेको छ । नेपाल सरकारद्वारा स्थापित सो कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेको महासङ्घले जनाएको छ । महासङ्घले उक्त रकमका अतिरिक्त केही खाद्यान्नलगायतका सामग्रीहरु पनि सहयोग गरेको थियो ।

प्रकाशित मिति : April 8, 2020 at 4:14 pm