कोरोना सङ्क्रमित भेटिएको भनी अफवाह फैलाउने भट्टराई पक्राउ
२६ चैत, कैलाली । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका— १ ब्लक नम्बर १० मा कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने सोही नगरपालिका—२ का पवनकुमार भट्टराईलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

आफ्नो फेसबुक आइडीमार्फत “कोरोना भाइरसको सङ्क्रमित टीकापुर नगरपालिका– १ ब्लक नं. १० मा भेटियो” भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानूनी कारवाहीका लागि भट्टराईलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
प्रकाशित मिति : April 8, 2020 at 3:38 pm





