२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कोरोनाको त्रासमा कालोबजारी गर्ने शंकर ग्रुपका सञ्चालक अग्रवाल सात दिन हिरासतमै रहने

२६ चैत, काठमाडाैँ । कोरोनाको त्रासमा कालोबजारी गर्ने शंकर ग्रुप र जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाल  सात दिन हिरासतमै रहने भएका छन । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडाैँको अादेशमा अग्रवाल सात दिन हिरासतमै रहने भएका हुन । उनी मंगलबार पक्राउ परेका छन् । उनले ३ हजार देखि ५ हजार पर्ने ज्वरो नाप्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा लागेकाे थियाे ।

कालाेबजारी गरेकाे आरोप लागेका अग्रवाललाई मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ६७ थान थर्मल गनसहित नक्सालबाट पक्राउ गरेको थियो ।

किर्गिस्तानको अवैतनिक राजदूत रहेका अग्रवालले सोहि हैसियतमा कूटनीतिक सुविधा पाउने गाडी प्रयोग गरी ती सामान कालोबजारी गरेको प्रहरीले जनाएको छ। २०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बेच्दै हिडेको अवस्थामा महाशाखाकाे टोलीले उनलाई पक्राउ गरेकाे हाे ।गतसाता नेपाल वायुसेवा निगमको वाइडबडी जहाज प्रयोग गरी केहि व्यापारीले चीनबाट सामग्री ल्याएका थिए। शंकर ग्रुपले सोहि जहाजमा स्वास्थ्य सामग्री ल्याएको थियो।

यो पनि पढ्नुहोस्

-३ हजारमा पाइने थर्मल गनलाई १६ हजारमा बिक्री गर्ने जगदम्बा ग्रुपका सुलभ अग्रवाल पक्राउ

प्रकाशित मिति : April 8, 2020 at 1:56 pm