अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु
–प्रेमनारायण आचार्य
२४ चैत, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उहाँको आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिनुभयो ।

उहाँका तीन छोरी रहेका छन् । हाल उहाँको पति रोजगारीका लागि भारतमा रहेका छन् । उहाँकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् ।
प्रकाशित मिति : April 6, 2020 at 1:13 pm




