१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

रौतहटमा वनसुरक्षा गस्तीटोली र तस्करबीच गोली हानाहान

२४ चैत, रौतहट । गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो । गोली हनाहानमा गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई राउण्ड गोली प्रहार गरेको थियो ।

सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गोली हानाहानमा सुरक्षाटोलीतर्फ कुनै क्षति नभएको र तस्कर समूह भागेकाले क्षति भए/नभएको यकिन हुन सकेको छैन् । सो क्रममा तस्करले छोडेर भागेको एक थना भरुवा बन्दुक गस्ती टोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिनुुभयो ।

अञ्जुमन सामुदायिक वन क्षेत्रभित्र तस्कर समूहले एक राउण्ड गोली प्रहार गरेलगत्तै चोंचा सेक्टर वन कार्यालयबाट खोजतलासमा गएको गस्तीटोलीसँग भिडन्त भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले बताउनुुभयो ।

लकडाउनको अवधिमा वन सुरक्षागस्ती टोलीले करिब १०० क्युुविफिट अवैध सालको काठसहित तीन जना तस्करलाई नियन्त्रणमा लिएको प्रमुख सिंहले जानकारी दिनुुभयो । उनीहरुमाथि आवश्यक कानुनी कारवाही भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : April 6, 2020 at 12:58 pm