२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कोरोनाको जोखिममा राहत सङ्कलन र वितरण नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीकाे आग्रह

२४ चैत, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको अवस्थामा कसैलाई पनि राहत सङ्कलन तथा वितरण नगर्न आग्रह गरेको छ । प्रशासनले आइतबार साँझ सूचना प्रकाशित गरी जिल्लामा विभिन्न व्यक्ति फर्म, सङ्घ संस्था तथा नागरिक समाजलगायतले सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थालाई बेवास्ता गर्दै नगद, जिन्सी, खाद्यान्नलगायतका सामग्री सङ्कलन गर्ने प्रयास गरेको तथा राहत वितरणमा सक्रिय भएकाले अहिलेलाई यस खालका कार्य निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कोही कसैले आफ्नैतर्फबाट राहत वितरण गर्न चाहेमा स्थानीय आवश्यकता र औचित्य पुष्ट्याइँसहित सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासनको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न सकिने बताउनुभयो । प्रशासनले आफूखुशी राहत सङ्कलन तथा वितरणका कार्य गर्ने वा गराउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : April 6, 2020 at 9:25 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/