१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

लायन्स क्लब ईन्टरनेशनलद्धारा दुई तले भवन क्वारेन्टाइन निर्माणका लागि सरकारलाई हस्तान्तरण

२३ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जटिल समस्या उत्पन्न भइरहेको परिस्थितिमा लायन्स क्लब ईन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ ले आफ्नो सकृयतामा किर्तिपुर नगर पालिकामा स्थापना गरिएको त्रि. वि. लायन्स रक्त सञ्चार एवम् अनुसंधान केन्द्रको दुई तले भवन क्वारेन्टाइन निर्माणका लागि नेपाल सरकारलाई प्रदान गरेको छ।

नेपाल लायन्सका अग्रज लिडरहरु र लायन्स रक्तसञ्चार केन्द्रका संरक्षक तथा त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपति प्रा।डा। हिरावहादुर महर्जन ज्युको उपस्थितिमा किर्तिपुर नगर पालिकाका प्रमुख रमेश महर्जन ज्युलाई भवनको साचो हस्तान्तरण गरिएकोहो। विश्वमै मानवीय सेवा र सामाजिक सेवामा अब्बल मानिएको लायन्स क्लबले संकटका बेला अग्रपंक्तिमा रहेर आफ्नो सेवाका कार्यहरु संचालन गर्दै आई रहेकोछ। विश्वमै फैलिरहेको महामारीलाई कम गर्नको लागि जनचेतना जगाउने तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्री वितरणमा समेत लायन्स क्लबको सक्रियता देखिन्छ।

प्रकाशित मिति : April 5, 2020 at 3:10 pm