१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

आफ्नै बुहारीको हत्या गरी लास जलाएको आरोपमा सासु ससुरा सहित ३ जना पक्राउ

२३ चैत, पर्सा । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–८ रामनगरीमा  आफ्नै  बुहारीको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । २५ वर्षीया बुहारी उर्मीला देवी पंडितलाई घरमा यातना दिइ मारेर घाटमा लगेर दाह संस्कार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले शवको आधा भाग जलिसकेको अवस्थामा फेला पारेको छ ।

प्रतिकात्मक तस्बिर ।

बुहारीकाे हत्याकाे आराेपमा  ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । मृतकको श्रीमान विदेशमा रहेको भन्ने बुझिन आएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोल खटिई गई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : April 5, 2020 at 12:52 pm