२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

-कुसुम के सी

२३ चैत, लमजुङ ।  बालबालिकाहरुको स्वाभाव नै जिज्ञासु, चन्चले र उत्सुक खालको हुन्छ । उनीहरुलाई सम्झाएर बुझाएर मात्र नियन्त्रणमा राख्न सकिन्छ । चर्को स्वरमा बोलेर, डर देखाएर उनीहरुको बाल मष्तिस्कमाथि नियन्त्रण राख्न खोज्नु मूर्खता हो । बालबालिकाहरु उमेरले नै साना, हसिलो अनुहार, सरल बोली अनि नयनमा छर्लङ्ग भविष्य दर्शाइरहेको महसुश हुन्छ । विदाको बेलामा होस् या वार्षिक परिक्षा सकिए पश्चातको लामो बिदामा होस्, बालबालिकाहरु विशेष गरी घुम्न मन पराउछन ।

अभिभावकहरुको समय व्यस्तताको कारण कतिपय बालबालिकाहरु आफै भित्र घुम्सिरहेका हुन्छन् । उनीहरुले आफ्नो परिवारसंग प्रशस्त रुपमा घुलमिल भएर खेल्न खोजिरहेका हुन्छन् । बालबालिकाहरुको मनोवृत्ति बुझ्न उनीहरुसंग नै केहीबेर खेल्नु पर्दछ । उनीहरुको भावना बुझ्दै गएमा मात्र विस्तारै उनीहरु खुल्दै आउनेछन र तपाइ प्रति आत्मीय हुनेछन ।

कुसुम श्रेष्ठः लेखक

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट रोकथामको निमित नेपाल लगाएत विभिन्न राष्ट्हरु लग डाउनको अवस्थामा पुगेको कारण अधिकामस नेपालको विद्यालयहरु पनि वार्षिक परीक्षाहरु चाडो सकाएर विद्यालयहरु बन्द भइसकेका छन् । विभिन्न कार्यालयहरु, यातायात र कामहरु सबै रोकिएका अवस्थामा छन् ।

यो समयमा बालबालिकाहरु कोठा भित्र थुनिएर बस्न बाध्य भएका छन । आफ्नो बालबालिकाहरु संग नजिकिन र उनीहरुको प्रतिभा, क्षमता पहिचान गर्न यो समयको निकै उपयोगी बनाउन सकिन्छ । साथै यो समयमा अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाइ प्रयाप्त समय र ध्यान नदिएको खण्डमा बालबालिकाहरुलाइ समयको सहि सदुपयोग गर्न कठिन हुनुका साथै उनीहरुले विभिन्न जोखिम मोल्नुपर्ने अवस्था सिर्जना हुनसक्छ ।

बालबालिकाहरुले शारीरिक, मानसिक समस्या झेल्नु परेको हुनसक्छन । उनीहरु आफ्नै घरभित्र पनि दुर्व्यवहार, हिँसा, बलात्कारका सिकार हुनसक्छन । बालबालिकाहरुलाइ बिदाको समयमा सक्रिय बनाएर उनीहरुसंग खेल्न तलका केहि बुँदाहरु प्रभावकारी हुन्सक्छन ।

साथी बन्ने

अभिभावक नै बालबालिकाहरुको पहिलो साथी हुन् भन्ने कुरा आफ्ना बालबालिकाहरुलाइ बोध गराउनु आवश्यक छ । उनीहरुको कुरा सुन्नुपर्दछ र सोही अनुसार उनीहरुलाई सल्लाह सुझाब दिदै होसला दिनुपर्दछ । बालबालिकाहरुको मनोवृत्ति बुझेर उनीहरुलाई एकोहोरो काममा मात्र व्यस्त गराउदा उनीहरु मानसिक रुपमा स्वस्थ हुनसक्दैनन् । उनीहरुलाई दिनहु समय तालिका बनाएर खाने, खेल्ने, पढ्ने समय निर्धारित गरेर उनीहरुको आत्मीय साथी बनेर खेल्ने प्रयास गर्नुपर्छ ।

घरायसी काम सिकाउने

बालबालिकाहरुलाइ उमेर संगै घरायसी काम जस्तै कपडा मिलाउने, पानी उमालेर खाने, चिया पकाउने, जस्ता कामहरुमा संग्लन गराउन सकियो भने उनीहरुलाइ नैतिक साथै व्यहारीक बनाउन सकिन्छ । आजको हाम्रो बालबालिकाहरुको सिकाइ प्रणालीलाइ निहाल्ने हो भने कतै बालबालिकाहरु किताबी किरो मात्र त भएका छैन् भन्ने भय रहेको छ । त्यसैले घरभित्रको स( साना कामहरुले बालबालिकाहरुलाइ आफ्नो अधिकारका साथै थप जिम्मेवार पनि बनाउछ ।

सरसफाइमा ध्यान दिने

व्यक्तिगत तथा पारिवारिक सरसफाईमा ध्यान दिनु पर्ने हुन्छ । साबुन पानीले राम्ररी हात धुने, सफा कपडा लगाउने, हात खुट्टाको नङ काट्ने, नुहाउने, ब्रस गर्ने इत्यादी । सरसफाईमा विशेष ध्यान दिनुपर्दछ ताकी कोरोना मात्र नभएर विभिन्न किटाणु र रोगको संग्क्रमणबाट जोगिन सकिन्छ । बालबालिकाहरुलाइ सरसफाइको महत्वबारे पनि सम्झाउदै दैनिक क्रियाकलापहरुमा अग्रसर गराउनु आवश्यक छ । नियमित सरसफाई गर्नाले हामी स्वास्थ्य जीवन जिउन सक्छौ भन्ने कुरा घरैबाट बालबालिकाहरुलाइ सिकाउनु पर्दछ ।

प्रशस्त पानि र पोषणयुक्त खानेकुरा खुवाउने

हरेक दिन प्रशस्त पानि र पोषणयुक्त खानेकुरा हाम्रो शरीरलाई अति आवश्यक पर्दछ । बालबालिकाहरुलाइ घरमा पाइने पोषणयुक्त खानाहरुको विभिन्न परिकारहरु बनाएर समय समयमा नै दिनुपर्दछ । उनीहरुलाई पनि विभिन्न खानेकुराको परिकार बनाउने विधि सिकाएर खाना बनाउन संलग्न गराउन सकिन्न्छ । प्राय बालबालिकाहरुले हरियो सागसब्जीहरु खान रुचाउदैन्न । उनीहरुलाई यसको महत्व र शरीरको आवश्यकता बुझाएर केही मात्रामा भए पनि खुवाउने गर्नुपर्दछ । पोशिलो खानाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्वास्थ्य रहन मद्धत गर्दछ ।

शारीरिक व्यायाम हुने खेल खेल्ने

स्वच्छ र फुर्तिलो हुनका निमित शारीरिक व्याम हुने खेलहरु खेल्नु ठिक हुन्छ । आजभोलि बालबालिकाहरु दिनभरी टि भी, भिडियो गेम, मोबाइल तथा ल्यापटपमा व्यस्त हुन्छन् । अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाइ घरभित्रै वा घर वरिपरिको खुल्ला क्षत्र जस्तै आगन, घरको कौसीमा सतर्कता साथ शारीरिक व्याम हुने खेलहरुमा सक्रिय गराएमा उनीहरु शारीरिक रुपमा पनि स्वास्थ्य र समयको पनि सदुपयोग हुन्छ । जसले गर्दा बालबालिकाहरुलाइ एक्लोपना र इन्टरनेट सुरक्षाबाट पनि सचेत गराउन सकिन्न्छ ।

सही सुचना प्रवाह गर्ने

बालबालिकाहरु नयाँ कुरा जान्न र सिक्न ज्यादै इच्छुक हुन्छन । उनीहरुलाई सहि सुचना प्रभाह गर्नुपर्दछ । कोरोनाको बारेमा जानकारी , सचेतना र अवस्था बारे अवगत गराउनु पर्दछ भने उनीहरुको बाल मस्तिष्कमा डर र त्रास उत्पन्न हुन् दिनु हुदैनन् । बालबालिकाहरुलाइ उनीहरुको साथीहरु लगायत आफन्तसंग कुराकानी गराई परिस्तिथिको बारे सहि सुचना मात्र दिनु पर्दछ । जसको कारणले बालबालिकाहरुमा सकारात्मक सोचको विकास गराउन सकिन्न्छ ।

सानो बेलाको जस्तै गरी हरेक अभिभावकहरुले आफ्नो छोराछोरीहरुलाइ साथी सरह व्यवहार गर्नु र उनीहरुको विचार र काममा हौसला दिनु आजको व्यवहारीक पक्ष रहेको छ । आफ्नो बालाबालिकाहरुलाइ सत्मार्ग देखाउनको निमित उनीहरु संगै घुलमिल भइ उनीहरुको चाहना र इच्छा बुझेर सोहि अनुसार उनीहरुलाइ आफ्नो शिप र क्षमतामा अब्बल बनाउन जरुरी हुन्छ ।

बालबालिकाहरुलाई बुझ्न नसक्दा र उनीहरुको क्रियाकलापप्रति अभिभावकहरुले चासो र जानकारी नलिदा बालबालिकाहरुले आफ्नो कुरा समयमा बताउन नसक्दा आफ्नो समस्या र गतिविधिहरु लुकाउन खोज्दछन र त्यसको जोखिममा मुछिएका हुन्छन । बालबालिकाहरुलाई प्रयाप्त समय दिन नसक्दा उनीहरुले विस्वाशिलो मान्छेको साथ नपाउने डर र आफ्नो कुरा खुलेर भन्न सकेका हुदैनन् ।

त्यसकारण उनीहरुमा मानसिक तथा अन्य समस्याहरुले जरो गाडेको हुन्छ र उनीहरु दुर्व्यवहार, बलात्कार, हिंसा, र अन्य समस्यामा परेका हुन्छन् । यस्तै समस्या, जटिलताको सामना गर्न र बिदाको सहि सदुपयोग गर्न अभिभावक नै बालाबालिकाहरुको नजिकको र आत्मीय साथी बनेर बालबालिकाहरुसंग खेल्न सक्दछन् ।

प्रकाशित मिति : April 5, 2020 at 11:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/