११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

अस्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न मन्त्री पोखरेल निर्देशन

२२ चैत, काठमाडाैँ । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिनुभएको छ ।

फाइल फाेटाे

उहाँले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो । अहिले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको सङ्ख्या ५८ हजार छ । कोरोना भाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार १५:४१