१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

बलात्कारकाे आराेपमा नुवाकाेटकाे बेलकाेटगढीबाट एकजना युवक पक्राउ

२१ चैत, नुवाकाेट । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

प्रतिकात्मक तस्बिर ।

आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार राति त्रिशूली नदीको किनारमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार उजुरी दिएपछि पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : April 3, 2020 at 8:36 pm