उच्च ज्वरो आएकी एक युवतीकाे भरतपुर अस्पतालमा मृत्यु
२१ चैत, भरतपुर । चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राई भएकी जनाइएको छ ।

राई हेटौंडाबाट रेफर भएर अस्पताल भर्ना हुन आइपुगेकी भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी जानकारी दिए।बिहीबार राति १ बजेतिर भरतपुर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी राईको पछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार शुरु गरिएको थियो ।
तर, उपचारकै क्रममा राईको मृत्यु थियाे । राईको कोरोना संक्रमणको आशंका स्वाव संकलन गर्ने तयारी भइरहेको तिवारीले जानकारी दिए । अहिले उनको शव अस्पतालमै राखिएको छ ।
प्रकाशित मिति : April 3, 2020 at 10:32 am





