११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

लकडाउनपछि नेपालमा रोकिएका नेदरल्याण्डका नागरिक मलेसियन जहाज मार्फत स्वदेश फिर्ता

२० चैत, काठमाडौँ । लकडाउनका कारण नेपालमा रोकिएका १२४ जना नेदरल्यान्डका नागरिक घर फर्किएका छन् । उनीहरु आज विहान मलेसिया एयरलाइन्सको चार्टर्ड जहाज मार्फत स्वदेश गएका हुन् । यसअघि अष्ट्रेलिया, अमेरिका तथा युरोपका फ्रान्स, जर्मीनी लगायत देशले आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी सम्बन्ध्ति मुलुक लगेका थिए ।


निगमको वाइड बडीले अष्ट्रेलिया तथा कतार एयरवेजले अन्य मुलुकको चार्टड उडान गरेको थियो । आन्तरीकतर्फ केही हेलिकोप्टरको उद्धार उडान र नेपाली सेनाको एक कार्गो उडान हुने विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : April 2, 2020 at 1:39 pm