११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

सहयोग संकलनका लागि नविन बिक आधिकारिक व्यक्ति होइनन् (आरएनएको विज्ञप्तिसहित)

२० चैत, काठमाडाैँ । सित्तैमा सामान पठाइदिन्छु भन्दै सामाजिक सञ्जालमामा फण्डा गरिरहेका एनआरएनएका आईसीसी सदस्य नविन विक आधिकारिक व्यक्ति नभएको प्रवक्ता डीबी क्षेत्रीले विज्ञप्ति जारी गरेर स्पष्ट पारेका छन् । टेलिभिजन अन्तर्वार्तामा बिकले आफ्नो नेतृत्वमा १० करोडको सामान पठाउन लागेको दाबी गरेका थिए ।

सो कुराको समेत खण्डन गर्दै एनआरएनले भनेको छ ‘नेपाल सरकारले चीनबाट स्वास्थ्य परीक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका बारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको छ । निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘संघले तोकेको आधिकारीक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने आमसञ्चार माध्यमलाई समेत जानकारी गराउँदछौं । खरिद प्रकृयाका बिषयमा कुनै कमिजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको हो ।’

संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा संसारभरका विज्ञहरु रहेको एक उच्च स्तरीय समिति गठन गरी एक रणनितिक कार्ययोजना तयार गरेको जानकारी दिँदै प्रवक्ता क्षेत्रीले सोही अनुरुपमा संघका विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषदहरुले नेपाली कुटनीतिक नियोगहरुको सहकार्यमा नेपाली समुदायलाई सहयोग गर्दै आएकोसमेत जानकारी दिएका छन् । यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : April 2, 2020 at 9:44 am