११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

र्यापिड टेस्ट डब्लूएचओ र स्वास्थ्य मन्त्रालयको मापदण्ड भन्दा बाहिर नगर्न अनुरोध (भिडियोसहित)

१९ चैत, काठमाडौँ । विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने भन्दै र्यापिड टेष्ट गर्ने क्रम बढेपछि सरकारले कोरोना भाइरस परीक्षण पत्ता लगाउन र्यापिड परीक्षण नगर्न निर्देशन दिएको छ । र्यापिड परीक्षण गर्ने मापदण्ड विश्व स्वास्थ्य संगठन र नेपाल सरकारभन्दा बाहेक अन्य तरिकाबाट गर्न नमिल्ने भन्दै स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले विभिन्न स्थानमा र्यापिड टेष्ट गरेको सूचना प्राप्त भएको भन्दै त्यो विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्ड विपरीत भएको बताउनुभयो ।

उहाँले त्यस किसिमको टेष्टबाट सहि परीक्षण नहुने भन्दै यदि कुनै व्यक्तिलाई र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएर पछि नेगेटिभ देखियो भने त्यो अवस्था भयावह हुने बताउनुभयो । विज्ञ कार्कीले त्यसले समाज र गाउँमै नकारात्मक असर पार्ने उल्लेख गर्नुभयो । कार्कीले सरकारले तोकेको प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण हुने प्रष्ट पार्नुभयो ।

प्रकाशित मिति : April 1, 2020 at 11:13 am