११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

रामेछापमा बोलेरो दुर्घटनाः दुई जनाको मृत्यु, २८ घाइते

१८ चैत, काठमाडौं । रामेछापमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सूर्यविनायकबाट रामेछापकाे दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ पिकअप बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा मंगलबार बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए। बोलेरो गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो।

उनका अनुसार दोरम्बा गाउँपालिका-२ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ। घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको छ। केहीको अवस्था गम्भीर रहेको छ। प्रहरीले चालक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दएकाे छ ।

प्रकाशित मिति : March 31, 2020 at 11:23 am