राजमार्गमा अलपत्र १२८ श्रमिकको उद्धार
१८ चैत, राजापुर । लकडाउनका कारण अलपत्र १२८ श्रमिकको बारबर्दिया नगरपालिकाले कोहलपुरबाट उद्धार गरेको छ ।नगरपालिकाबाट काम गर्न गएका श्रमिक विभिन्न आयोजना बन्द भएपछि अलपत्र परेका थिए । गत मङ्गलबारदेखि लकडाउन भएपछि सबै काम ठप्प भएकाले आयोजना र कम्पनीले मजदूरलाई घरसम्म पुर्याउने भने तापनि बाँकेको कोहलपुरमा ल्याएर अलपत्र छाडिदिएका थिए ।

अलपत्र श्रमिकले बिहान खबर गरेपछि उद्धार गरी ल्याइएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु कबिरले बताउनुभयो । उहाँले उद्धार गरिएका सबैलाई मास्क दिइएको र सबैको यात्रा विवरण लिइएको बताउनुभयो । यस्तै चिकित्सकबाट स्वास्थ्यजाँचच र काउन्सिलिङ गर्दै खाजा खुवाई होम क्वारेन्टाइनसम्म पठाइएको उहाँको भनाइ छ ।
प्रकाशित मिति : March 31, 2020 at 9:37 am









